आत्मीय सम्बन्धमा हुने दुर्व्यवहारका संकेतहरु के-के हुनसक्छन् ?

Back to top
तालिम प्राप्त व्यक्तिसँग मद्दतको लागि राष्ट्रिय महिला आयोगको पैसा नलाग्ने नम्बर ११४५ मा सम्पर्क गर्न सक्नु हुनेछ। नेपाल प्रहरीको लागि पैसा नलाग्ने नम्बर १०० मा सम्पर्क गर्न सक्नु हुनेछ।

महिला विरुद्ध हिंसा मानवअधिकारको उल्लङ्घन हो। विश्वव्यापी रुपमा हरेक तीन जना महिलामा एक जनाले शारीरिक वा यौनजन्य हिंसाको सामना गर्छन् र त्यो अधिकांश उनी नजिककै व्यक्तिबाट हुने गर्दछ । घरेलु हिंसा र  दुर्व्यवहार भएको कुरा कहिलेकाहीँ बाहिर नदेखिए पनि दुर्व्यवहारजन्य सम्बन्धका संकेतहरुबारे हामीलाई जानकारी छ भने हामीले त्यसलाई चिन्नसक्छौं र सहयोग लिन वा दिन सक्छौं ।